Techie IT
२०८२ मंसिर २०, शनिबार

मधेशमा नयाँ मुख्यमन्त्रीका लागि सात दलिय गठबन्धनले दाबी पेश गर्ने


मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री चयनका लागि सात दलले दाबी पेश गर्ने तयारी गरिरहेका छन्। हिजो एमालेबाहेकका सात दलीय गठबन्धनको लामो छलफल लगभग सहमतिमा पुगेको नेताहरूले बताएका छन्।

नेपाली कांग्रेस, माओवादी, जसपा नेपाल, जनमत, लोसपा, नेकपा एस र नाउपा मिलेर गठबन्धन बनाएर मुख्यमन्त्री दाबी गर्न लागेका हुन्। प्रदेश प्रमुखले सरकार गठनका लागि तोकेको समय सीमा आज सकिँदैछ। गठबन्धनमा लोसपाका जितेन्द्र सोनल र कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्य दाबेदार रहेका छन्।

मधेश प्रदेशमा कुल १०७ सांसद रहेका छन् र बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ। गठबन्धनसँग हाल ७३ जना सांसद रहेको छ। यसैबीच एमालेका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएसँगै सभामुख पद पनि खाली छ । जसपा सभामुख लिने दाबीमा रहेको बुझिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट