Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

रास्वपा नेताहरू पोखरामा केन्द्रित, आज सहकारी ठगि आरोपित रबिको पक्षमा आन्दोलन गर्दै


गण्डकी - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा सँग सम्बन्धित ठगी र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ गरी पोखरा ल्याइएको छ। जिल्ला अदालत कास्कीले लामिछानेलाई अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएपछि शुक्रबार काठमाडौँबाट पक्राउ गरिएको हो। प्रहरीद्वारा सडकमार्ग हुँदै राति नै उनलाई पोखरा पुर्याइएको हो।

स्वास्थ्य परीक्षण र प्रहरी कार्यालयमा उपस्थिती

लामिछानेलाई पोखरा पुर्याएपछि स्वास्थ्य परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। स्वास्थ्य परीक्षण पश्चात्, बिहान ३ बजेतिर उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको छ। प्रहरी स्रोतका अनुसार सार्वजनिक बिदाका कारण लामिछानेलाई भोलि मात्र अदालतमा उपस्थित गराइने छ।

रास्वपा नेताहरू पोखरामा केन्द्रित

रवि लामिछानेको गिरफ्तारीसँगै रास्वपाका शीर्ष नेताहरू पोखरामा केन्द्रित भएका छन्। उपसभापति डोलप्रसाद अर्याल, स्वर्णिम वाग्ले, तोशीमा कार्की लगायतका नेताहरू उनलाई समर्थन गर्न पोखरा पुगेका छन्। लामिछानेलाई पक्राउ गरिएपछि रास्वपाका नेता र कार्यकर्ताहरूले सरकारविरुद्ध विरोधका कार्यक्रमहरू आयोजना गर्न थालेका छन्।

आज बिहान ११ बजे पोखराको मानवअधिकार चोकमा रास्वपा कार्यकर्ताहरूले विरोध प्रदर्शन गर्ने तयारी गरेका छन्। त्यसअघि, लामिछानेलाई पक्राउ गर्ने बित्तिकै रास्वपाका नेता तथा कार्यकर्ताहरूले काठमाडौँको पार्टी कार्यालयमा सरकार विरुद्ध चर्को नाराबाजी गरेका थिए।

लामिछाने समर्थकहरूको प्रदर्शन

रास्वपाले लामिछानेलाई प्रतिसोधका आधारमा पक्राउ गरिएको दाबी गरेको छ। कार्यकर्ताहरूले उनलाई निर्दोष रहेको र सहकारी ठगीका वास्तविक अपराधीहरूलाई सत्तारुढ दलले संरक्षण गरिरहेको आरोप लगाएका छन्। लामिछानेलाई पोखरा ल्याउन सडकमार्गको प्रयोग गरिएपछि, धादिङ, चितवन, तनहुँ हुँदै पोखरासम्म रास्वपाका समर्थकहरूले लामिछानेको समर्थनमा सडकमा उत्रिएका थिए।

मुग्लिनमा लामिछानेको समर्थनमा धेरै समर्थकहरू जम्मा भएका थिए। प्रहरीको गाडी पुग्दा समर्थकहरूले बाटो छेक्ने प्रयास गरे भने केही ठाउँमा धकेलाधकेल समेत भएको थियो। मुग्लिनमा भएको प्रदर्शनपछि, धेरै कार्यकर्ताहरू पोखरासम्म लामिछानेको साथमा पुगेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट