Techie IT
२०८३ श्रावण १२, मंगलबार

एसियाली विकास बैंक (एडिबी) ले नेपाललाई थप सहयोग गर्ने


एसियाली विकास बैंक (एडिबी) ले नेपाललाई थप सहयोग गर्ने भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा, एडिबीका कार्यकारी निर्देशक सुपक चाइयावानले नेपालसँगको विकास साझेदारी रणनीतिमार्फत थप सहयोग गर्ने जानकारी दिएका छन् ।

सन् २०२५ देखि २०२९ सम्म सञ्चालन हुने विकास साझेदारी रणनीतिमार्फत, एसियाली विकास बैंक (एडिबी) ले नेपालमा तीन तहको सरकारको क्षमता अभिवृद्धि, निजी क्षेत्रलाई प्रोत्साहन, र शिक्षा क्षेत्रमा सहयोग गर्ने योजना बनाएको छ। यो कार्यक्रम विश्व बैंकसँगको सहकार्यमा सञ्चालन हुनेछ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एडिबीको सहयोगबाट सञ्चालित कार्यक्रमहरू प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट