रवि लामिछाने बुधबार रिहा गरिने प्रमुख सचेतक परियारको दाबी
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापति रवि लामिछानेलाई बुधबार अदालतले रिहा गर्ने दाबी गरेका छन्।
सोमबार पोखरामा सञ्चारकर्मीहरू सँग कुराकानी गर्दै परियारले लामिछानेलाई अदालतले जेलमा राखेर अनुसन्धान गर्न आवश्यक नरहेको भन्दै उनी रिहा हुने दाबी गरेका हुन्।
परियारले रास्वपाले न्यायालयलाई उच्च सम्मान गर्ने उल्लेख गर्दै, नेपालको इतिहासमा अदालतले विशिष्ट क्षणहरूमा न्याय सम्पादन गरेको स्मरण गरे। उनले वर्तमान सरकारमाथि न्यायिक प्रक्रियामा हस्तक्षेप गरी प्रणालीलाई बिगार्ने आरोप पनि लगाए।
सञ्चारकर्मीहरू सँगको कुराकानीमा परियारले रवि लामिछानेको रिहाइका लागि पोखरावासी लाई समर्थन गर्न आह्वान गर्दै, पोखरा सचेत नागरिकहरूको शहर भएकोले रास्वपाको आन्दोलनमा पोखरावासीको साथ आवश्यक रहेको धारणा व्यक्त गरे।



तपाईको प्रतिक्रिया दिनुहोस