Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

बाढी र पहिरो पीडितहरूको लागि सहकार्यमा ओली र विपक्षी दल


 प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षीसहित विपक्षी दलबीच बाढी पहिरो र डुुबानका घटनापछिको राहत र पुनःस्थापनामा आपसमा मिलेर प्रभावकारी रुपमा काम गर्न सहमत भएका छन् ।     
    
प्रधानमन्त्री निवास, बालुवाटारमा आज पाँच विपक्षी दलको ध्यानाकर्षण पत्र बुुझ्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीमा मागपत्र र सुुझाव प्रस्तुत हुनु संवाद एवं छलफल हुनु सकारात्मक प्रक्रिया भएको बताएका छन् । उहाँले विपक्ष दललाई ध्यानाकर्षण पत्रका लागि धन्यवाद दिँदै राहत र पुनःस्थापनाका लागि सरकारले आफ्नो तर्फबाट प्रभावकारी काम गर्दै आएको स्पष्ट पारे ।     
    
प्रधानमन्त्री ओलीले मनसुनजन्य विपद्को घटनामा घाइते भएकाको निःशुल्क उपचार भइरहेको, बेपत्ता भएकाको खोजी कार्य जारी रहेको, बेलिब्रिज समेत मगाएर राजमार्ग सञ्चालनमा ल्याइएको जानकारी दिँदै यस्ता विषयमा राजनीति नगरी मिलेर जान दलहरूलाई आग्रह गरे ।     
    
प्रधानमन्त्री ओलीले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारी सम्बन्धी अनियमितताका सम्बन्धमा अनुसन्धान अघि बढेको उल्लेख गर्दै पूूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई कसैको दबाब वा आग्रहमा नभई अनुसन्धान गर्ने निकायबाट प्रक्रियागत रुपमा पक्राउ गरिएको स्पष्ट पारेका थिए  ।     
    
“मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन । मेरो कसैसँग दुराभाव छैन । मलाई केही लिनुु दिनुु छैन । मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ । अरु दल र स्वयं रविजीले गठन गरौँ भनेपछि समिति गठन भयो । समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो”, प्रधानमन्त्री ओलीले भने, “मुख्य कुरा हामीले विधि र पद्धतिलाई मान्नुपर्छ र स्थापित गर्नुपर्छ, हामीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन ।

लोकतान्त्रिक पद्धतिलाई छोड्न सकिँदैन । अहिले कतिपय ठाउँमा मलाई तानाशाह भनेर अवाञ्छित गालीगलौज गरिएको छ । थप तिक्तता नहोस् भनेर मैले कुनै जवाफ दिएको छैन । मलाई कुनै स्टन्ट बाजी गर्नु छैन । साथीहरुले पनि त्यसो गर्नु राम्रो होइन ।”     
    
राजनीति दलसम्बन्धी अध्यादेशका सम्बन्धमा दलहरूले उठाएको प्रश्नबारे प्रधानमन्त्री ओलीले भनेे, “विगतमा नेकपा (एमाले) लाई विभाजन गर्न अध्यादेश ल्याइएकाले साथीहरूलाई त्यसै गर्न लाग्यो कि भन्ने परेको हुन सक्छ । तर अहिले कुनै पार्टी फुुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन ।” 

   
    
ज्ञापनपत्र बुुझाउने क्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, आमजनता पार्टीका अध्यक्ष प्रभुु साह लगायतको सहभागी रहेको थियो ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट