Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

१०० दिन सरकार भ्रष्टाचारीको संरक्षणमा केन्द्रित: अध्यक्ष दाहाल


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई कडा आलोचना गर्दै सरकारको १०० दिन भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित भएको टिप्पणी गरेका छन्।

आज बिहान माओवादी केन्द्र निकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरू सँगको भेटमा दाहालले सरकार गठनको बेला व्यक्त गरिएको आशंकाहरू नै १०० दिनको अवधिमा पुष्टि भएको बताएका छन्।

दाहालले भने, "सरकार गठन हुँदा हामीले जे आशंका गरेका थियौं, १०० दिनको बीचमा त्यसलाई नै पुष्टि गर्ने काम गरेको छ।" उनले विपक्षी दलहरू मात्र नभई, नागरिक समाजका अगुवाहरू र स्वयं सत्तारूढ दलका नेताहरूले समेत सरकार प्रति असन्तुष्टि जनाएको उल्लेख गरे। यसले सरकार गर्ने जिम्मेवारीमा चुकेको र गर्न नहुने काममा मात्रै केन्द्रित भएको स्पष्ट भएको दाहालको भनाइ थियो।

उनले सरकारको गलत क्रियाकलापहरूको उदाहरण दिँदै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउने प्रयास, उपसभामुखलाई सामान्य प्राविधिक त्रुटिलाई लिएर हटाउने प्रयास, र प्रधानमन्त्री नेतृत्वको दलले विवादास्पद व्यवसायी बाट जग्गा दान लिएको जस्ता घटनाहरूले सरकार भ्रष्टाचारको संरक्षणमा लागेको प्रमाणित गरेको बताए।

पाँच विपक्षी दलहरूले सरकारका गलत रवैया रोक्न ज्ञापनपत्र बुझाइसकेको र राष्ट्रपतिलाई भेटेर समेत सरकारको क्रियाकलापमा ध्यानाकर्षण गराउने योजना रहेको जानकारी दिए। दाहालले अब आफ्नो पार्टीले सरकारका गलत क्रियाकलापको विरोधमा सडकमा पनि आवाज उठाउने तयारी गरेको बताउँदै, आगामी कात्तिक १० गते पार्टीका वाग्मती, विशेष, र समन्वय प्रदेश समितिको आयोजनामा काठमाडौंमा खबरदारी सभा गर्ने जानकारी दिए।

साथै, उनले पार्टीको पक्षमा देशव्यापी रूपमा राम्रो माहोल बन्दै गएको उल्लेख गर्दै बुद्धिजीवी संगठनलाई आफ्नो भूमिका थप सशक्त बनाउन आग्रह गरे।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट