Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

कात्तिक १० गते काठमाडौँमा हुने खबरदारी सभाको ब्यापक तयारी गर्दै माओवादी


नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारको १०० दिनलाई पूर्ण असफल घोषित गर्दै कात्तिक १० गते काठमाडौँमा खबरदारी सभा गर्ने तयारी तीव्र पारेको छ। बागमती प्रदेश, उपत्यका विशेष प्रदेश, र सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा यो सभा गर्न लागेको हो।

मंगलवार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित बागमती र विशेष प्रदेश समन्वय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले खबरदारी सभा गर्ने निर्णयको जानकारी गराएका थिए। मुख्य रूपमा विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन, र योजना विहीनताका कारण बेपत्ता व्यक्तिहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायतका कार्यमा देखिएको असफलता माओवादी केन्द्रको असन्तुष्टिको प्रमुख कारण बनेको छ।

ओली सरकारले सुशासन, सामाजिक न्याय, समृद्धि, र जनजीविकाका समस्याहरू समाधान गर्न असफल भएको भन्दै माओवादी केन्द्रले जनप्रदर्शनसहित विरोध कार्यक्रमको तयारी गरिरहेको छ।

कात्तिक १० गते बिहान ११ बजे काठमाडौँ मलमा पार्टीका कार्यकर्ताहरू जम्मा भएर भृकुटीमण्डपमा खबरदारी सभामा परिणत हुनेछ । सभा लाई  पार्टी अध्यक्ष प्रचण्ड सहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अहिले माओवादी केन्द्र १० गतेका लागि ब्यापक तयारीमा जुटेको छ । उपत्यकामा रहेका नेता कार्यकर्ताहरु लाई अनिवार्य उपस्थित हुन भनिएको छ । सरकार लाई दबाबमा राख्न विरोध प्रदर्शन गर्न लागिएको बुझिन्छ । 

विभिन्न प्रदेशहरु लाई व्यवस्थापन देखि अन्य जिम्मेवारी तोक्दै सभा लाई व्यवस्थित र ब्यापक बनाउने माओवादीको लक्ष्य रहेको छ । पछिल्लो समय माओवादी प्रति जनताहरुले आशा गरिरहेका बेला खबरदारी सभा लाई शक्ति प्रदर्शनका रुपमा पनि लिएको देखिन्छ । किन दशैं र तिहारको बिचमा विरोध सभा गर्न लागिएको हो भन्ने कुरा राजनीतिक रुपमा चासोका साथ हेरिएको छ । 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट