काठमाण्डौंमा आज ट्राफिक जाम बढ्ने, रास्वपाले माइतिघरमा आन्दोलन गर्दैँ
रवि लामिछानेको पक्राउपछि रास्वपाले पोखराबाट सुरु गरेको आन्दोलनलाई काठमाडौँमा विस्तार गर्दै आजदेखि प्रदर्शन गर्ने तयारी गरेको छ।
पार्टी सभापति लामिछानेमाथि सहकारी ठगी र सङगठित अपराधमा अनुसन्धान भइरहेको छ। प्रदेश सभापति राजन गौतमका अनुसार, काठमाडौँको माइतीघरमा दिउँसो १ बजे प्रदर्शन गरिनेछ । पोखरामा भएको प्रदर्शनमा जनसमर्थनको कमी भएको टिप्पणी सर्वत्र भईरहेको छ ।
पुराना पार्टीहरुका उच्च स्तरका नेताहरु प्रहरीले पक्राउ गर्दा पुराना पार्टीहरुले आन्दोलन गरेका थिएनन् तर, नयाँ पार्टी भनिने रास्वपाले आफ्ना सभापति माथि अदालतले अनुसन्धान गर्न आदेश दिदाँ पनि रास्वपा सडकमा आन्दोलन गरिरहेको छ । रास्वपाको सडक आन्दोलन लाई जनताहरुले साथ दिएको देखिदैँन।
काठमाण्डौंमा जनताहरुको साथ रास्वपाले कत्तिको पाउछ आज देखि हुने आन्दोलनले देखाउने छ । आज आन्दोलनले गर्दा माइतिघर देखि बानेश्वर क्षेत्रमा ट्राफिक जाम बढ्ने अनुमान गरिएको छ ।
रास्वपाले सभापति लामिछानेलाई पूर्वाग्रही रुपमा पक्राउ गरिएको आरोप लगाउँदै विरोध जारी राखेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस