Techie IT
२०८२ वैशाख १८, बिहीबार

उपप्रधानमन्त्रीसँग एमसिसीकी प्रमुख कार्यकारीको भेट


मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबिच भेटवार्ता भएको छ । भेटमा मिलेनियम च्यालेन्ज कर्पोरेसनको कम्प्याक्ट एग्रिमेन्टअन्तर्गत गत वर्षदेखि कार्यान्वयनमा रहेको परियोजनाबारे चर्चा भएको बताइएको छ।

भेटमा, अन्तरदेशीय प्रसारण लाइनको विकास र प्रगतिको विषयमा समेत छलफल गरिएको छ । यसले नेपालमा ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने छ ।

यसका साथै, अर्थमन्त्री पौडेलले अन्तर्राष्ट्रिय मुद्रा कोषका उपकार्यकारी निर्देशक बो लीसँग पनि भेटवार्ता गरेका छन् । सो भेटमा, वित्तीय सहायता, परामर्श सेवा र प्राविधिक सहयोगका विषयमा गहन छलफल भएको थियो ।

उपकार्यकारी निर्देशक बोलेले नेपालको आर्थिक प्रगति सन्तोषजनक रहेको बताउँदै, सरकार र संस्थागत सहयोगको महत्त्वलाई औँल्याएका छन्। यस भेटमा अर्थमन्त्री पौडेलका साथमा अर्थसचिव रामप्रसाद घिमिरे, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेल पनि उपस्थित थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट