Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

बाल खेलाडीहरूको मृत्युपछि उच्चस्तरीय छानबिनको लागि अध्यक्ष दाहालको प्रतिबद्धता


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मकवानपुरको सिस्नेरीमा छ जना बाल खेलाडी पुरिएको घटनाको निष्पक्ष छानबिनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।     
    
असोज १२ गते पहिरोमा पुरिएर ज्यान गुमाएका मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका बाल फुटबल खेलाडीका अभिभावकसँगको भेटमा यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।     
    
अध्यक्ष दाहालले देशका लागि योगदान गर्ने सपनासहित खेल प्रशिक्षणमा रहेका बाल खेलाडीको निधनले राष्ट्रलाई अपुरणीय क्षति भएको उल्लेख गर्दै पीडित परिवारको मागअनुसार यस्तो मानवीय क्षति कसरी हुन गयो भन्ने विषयमा उच्चस्तरीय छानविन गर्न प्रतिपक्षी दलहरुको तर्फबाट पहल गर्ने बताएका छन् । 

“ मृतक खेलाडीहरूको स्मरणका लागि कोष स्थापना गरेर एकेडेमी वा स्मरण योग्य संरचना र उनीहरूकै नामबाट नियमति प्रशिक्षण, खेलकूद आयोजना, एन्फा परिसरमा मृतक खेलाडीको प्रतिमा राख्ने र परिवारलाई उचित राहतको आवश्यकता छ । यसका लागि मैले र पार्टीले पनि आवश्यक पहल गर्छ”, उनले भने ।

बाढीपहिरोका घटनाको विषय समेटेर प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको, राष्ट्रपतिको ध्यानाकर्षण गराइएको, पार्टीले अन्य गतिविधिसमेत गरिरहेको उहाँको भनाइ थियो ।     
    
पीडित परिवारका तर्फबाट ललितबहादुर घलान, भक्तबहादुर बलम्पाकी, कमला रेग्मी, टीकाराम आचार्य, हेमबहादुर योञ्जन र दिपा बानियाँले अध्यक्ष दाहाललाई संयुक्त रूपमा ध्यानाकर्षण–पत्र बुझाएका थिए । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट