Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

नेपालको वित्तीय अवस्था सन्तोषजनक: गभर्नर अधिकारी


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय अवस्था सन्तोषजनक रहेको र विदेशी मुद्रा सञ्चिति पर्याप्त मात्रामा रहेको बताएका छन्। अमेरिकाको वासिङटन डिसीमा आयोजित सार्क फाइनान्स गभर्नर्स फोरमको ४६औं बैठकमा बोल्दै गभर्नर अधिकारीले नेपालको वित्तीय क्षेत्र स्थिर रहेको र मुद्रास्फीति नियन्त्रणमा रहेको धारणा व्यक्त गरे।

गभर्नर अधिकारीका अनुसार, नेपालको विदेशी मुद्रा सञ्चिति हाल १३ महिनासम्मको वस्तु तथा सेवाको आयातलाई धान्न पर्याप्त छ, जसले नेपालको विदेशी मुद्रा अवस्थालाई सुदृढ बनाएको छ। यसका साथै, विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि तथा वित्तीय बजारको स्थिरता नेपालका लागि सकारात्मक पक्ष भएको उनको भनाई छ ।

बैठकमा सार्क सदस्य राष्ट्रका गभर्नरहरूको उपस्थिति थियो, जहाँ क्षेत्रीय वित्तीय सहकार्य, सहकार्यात्मक अनुसन्धान, र क्षमता अभिवृद्धिका विषयमा पनि गहन छलफल भएको थियो। सार्क राष्ट्रहरूबीच वित्तीय क्षेत्रमा सहकार्यलाई अझ सुदृढ बनाउँदै क्षेत्रीय अर्थतन्त्रमा योगदान पुर्याउने उद्देश्य सहित यो बैठक आयोजना गरिएको हो।

गभर्नर अधिकारीले नेपालका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा वासिङटन पुगेको प्रतिनिधिमण्डलमा सहभागी भई विश्व बैंकको विभिन्न बैठकमा उपस्थिति जनाएका छन्। यसै क्रममा शुक्रबार अधिकारीले पाकिस्तानका गभर्नर जमेल अहमदसँग समेत भेटवार्ता गरेका थिए । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट