राष्ट्र बैंकद्वारा तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु
नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गरेको छ।
टक्सार महाशाखाबाट १० ग्राम र २५ ग्रामको सिक्का बिक्रीमा ल्याइएको हो। यसपटक बैंकले चाँदीको मूल्य वृद्धिसँगै सिक्काहरूको मूल्यमा ७.८९ प्रतिशतदेखि ११.११ प्रतिशतसम्म वृद्धि गरेको छ।
नयाँ दर अनुसार, २५ ग्रामको गाई मेडालियनको मूल्य ४ हजार ५ सयबाट ५ हजार रुपैयाँ, १० ग्रामको लक्ष्मी, गणेश, गाई मेडालियन १ हजार ८ सयबाट २ हजार रुपैयाँ, १५ ग्रामको टक्सार यान्त्रिकीकरण ४ हजार १ सय, र ३१.१ ग्रामको राज्यारोहण मेडालियन ७ हजार ९ सय ५० रुपैयाँ तोकिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस