Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

मध्यपूर्वमा चर्किँदो तनावले नेपालमा संभावित असर वारे सुरक्षा परिषदमा समीक्षा

राष्ट्रिय सुरक्षा परिषद्को बैठकले हालै मध्यपूर्वमा चर्किँदैगएको तनाव र त्यसले नेपालीलाई पार्न सक्ने असरबारे समीक्षा गरेको छ।


राष्ट्रिय सुरक्षा परिषद्को बैठकले हालै मध्यपूर्वमा चर्किँदै गएको तनाव र त्यसले नेपालीलाई पार्न सक्ने असरबारे समीक्षा गरेको छ।

प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा आइतबार बसेको बैठकले वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे चर्चा गरेको हो।

यस ३५औं बैठकमा मध्यपूर्वको द्वन्द्वले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव र चुनौतीहरू, त्यहाँ रहेका नेपालीहरूको सुरक्षा, र आवश्यक रणनीतिहरूकोबारेमा छलफल गरिएको रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललेजानकारी दिए।

अन्तर्राष्ट्रिय स्तरमा उत्पन्न तनावपूर्ण घटनाक्रमका कारण राष्ट्रिय सुरक्षामा आउन सक्ने विधि चुनौतीहरूका बारेमा पनि चर्चा भएको छ।

बैठकले नेपाली सेनाका लागि आर्थिक वर्ष२०८१/८२ मा खरिद गरिने हातहतियार र अन्य सैन्य सामग्रीका लागि मन्त्रिपरिषद्को समक्ष नीतिगत स्वीकृति दिने सिफारिस गर्ने निर्णय गरेको छ।

साथै, बैठकले परिषद्को बैठक सञ्चालन कार्यविधि२०८१ पनि स्वीकृत गरेको छ। बैठकमा गृह र रक्षामन्त्री, मुख्य सचिव, प्रधानसेनापति र रक्षा सचिव उपस्थित थिए।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट