Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

जलजला पर्यटन प्रवर्द्धनका लागि वर्षमानको नेतृत्वमा पदयात्रा सुरु


माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’को नेतृत्वमा रोल्पाको लिवाङदेखि प्रसिद्ध पर्यटकीय स्थल जलजलासम्मको पदयात्रा सुरु भएको छ। 

"घुम्न जाऔँ जलजला" नाराका साथ उत्कृष्ट पर्यटकीय गन्तव्य जलजला क्षेत्रको प्रवर्द्धन गर्न यो पदमार्ग अभियान सुरु गरिएको हो।

सोमबार लिवाङबाट करिब १५० जनाको टोलीले यात्रा प्रारम्भ गरेको थियो, जसमा नेता पुनसहित पूर्वसभामुख ओनसरी घर्ती, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्र पुन, रोल्पा नगर प्रमुख सुरेन्द्र घर्ती थापा, र १० पालिकाका प्रमुख तथा उपप्रमुखहरु सहभागी छन्। 

टोलीमा जिल्ला समन्वय समिति रोल्पाकी प्रमुख सीता आचार्य, उपप्रमुख कर्मलाल परियार, प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझी, प्रहरी प्रमुख डिएसपी भरत लामा, उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष केशव आचार्य, व्यवसायी, सञ्चारकर्मी, साहित्यकार, र कलाकार पनि सहभागी छन्।

टोलीले सोमबार ओखरेनीमा बास बसेर मंगलबार अपराह्न जलजलाको टाकुरामा पुगेको छ। जलजला क्षेत्रको पर्यटन विकासका लागि यस अभियानले महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट