प्रधानमन्त्री ओलीद्वारा नेपाली महिला फुटबल टोलीलाई धन्यवाद, उत्कृष्ट प्रदर्शनको प्रशंसा
प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबलको उपाधि जित्न नसके पनि नेपाली महिला फुटबल टोलीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै प्रशंसा र धन्यवाद व्यक्त गर्नुभएको छ। फाइनल खेलमा बङ्गलादेशसँग २–१ गोलले पराजित भए पनि प्रधानमन्त्री ओलीले टोलीको प्रयास र मेहनतको सराहना गरेका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत नेपाली खेलाडीको दृढ संकल्पको प्रशंसा गर्दै आगामी खेलमा अझ मेहनत गरेर सफलता हात पार्ने विश्वास व्यक्त गरे ।
फाइनल खेलमा हार व्यहोरे पनि नेपाली टोलीले खेलमा उच्च प्रदर्शन गर्दै प्रशंसनीय खेल कौशल देखाएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस