सिन्जा सभ्यता विधेयकको दावी गर्ने ज्ञानेन्द्रलाई माओवादी नेता भण्डारीको कडा जवाफ
शाहीलाई समेत सुझावका लागि विधेयकको मस्यौदा पठाइएको भए पनि शाहीबाट कुनै प्रतिक्रिया प्राप्त नभएको उल्लेख गरे। उनले भने, "धन्यवाद पठाउनुले विधेयक लेखेको अर्थ राख्दैन।"
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानबहादुर शाहीले कात्तिक १० गते जुम्लाको गोठीज्यूलामा आयोजित जनसभामा सिन्जा सभ्यता विधेयक र स्थानीय मुद्दाबारे गरेका टिप्पणीलाई पूर्व सांसद तथा माओवादी नेता नरेश भण्डारीले कडा शब्दमा आलोचना गरेका छन्।
भण्डारीले शाहीको अभिव्यक्तिलाई "झुठको खेती" भन्दै शाहीले सिन्जा सभ्यता विधेयकलाई लिएर व्यक्त गरेका दाबीहरूमा कुनै सत्यता नभएको बताएका छन्।
भण्डारीले भने, "ज्ञानबहादुर शाहीको दाबी झुठका पुलिन्दा हुन्। यो झुठको माध्यमबाट उनले जुम्ली जनताको अपमान गरेका छन्। सिन्जा सभ्यता विधेयकको प्रारम्भिक मस्यौदा तयार पार्ने महत्त्वपूर्ण भूमिका प्रचण्डको नेतृत्वमा भएको थियो। यस विधेयकलाई सैद्धान्तिक सहमति दिलाउने प्रक्रिया पनि प्रचण्डकै अगुवाइमा गरिएको हो।"
नेकपा माओवादी केन्द्रका नेता भण्डारी यस अघि कर्णाली प्रदेशको सांसद हुदाँ प्रदेश सभामा सिन्जा सभ्यता विधेयक दर्ता गर्ने खोजेका थिए, तर अरु पार्टीहरुको विरोधका कारण त्यो विधेयक अगाडी बढ्न सकेको थिएन । पछिल्लो पटक प्रधानमन्त्री प्रचण्ड भएपछि मात्र सिन्जा सभ्यता विधेयकले औपचारिक रुपमा ठाउँ पाएको थियो ।
भण्डारीले इतिहासलाई स्मरण गर्दै कर्णाली र जुम्ला क्षेत्रको विकासमा राजतन्त्रकालीन उपेक्षाको आलोचना गरे। उनले प्रश्न उठाउँदै भने, "२१७ वर्षसम्म राजतन्त्रको शासन भए पनि कर्णाली र जुम्ला क्षेत्रको विकास किन गरिएन? सिन्जा सभ्यताको संरक्षणको कानुनी व्यवस्था किन लागू भएन?"
भण्डारीले शाहीको अभिव्यक्तिलाई जुम्ला र कर्णाली क्षेत्रको जनताको भावनालाई ठेस पुर्याउने प्रयासको रूपमा व्याख्या गर्दै भने, “अबको समय जनताले झुठका आधारमा आफ्नो मत दिनु हुँदैन।”
भण्डारीको धारणा र भनाइले आगामी २०८४ को निर्वाचनमा स्थानीय राजनीतिमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ। उनले राजनीतिमा सत्यता र पारदर्शिताको आवश्यकता जोड दिँदै थपे, “हाम्रो उद्देश्य सस्तो लोकप्रियता नभई जनताको विकास र समृद्धि सुनिश्चित गर्नु हो । सोहि दिशामा माओवादी केन्द्र लागिरहेको छ ।”
जुम्लाका केही राजनीतिक तथा समाजसेवीहरूले शाहीको प्रवृत्तिलाई "अरूले गरेका कार्य पनि आफूले गरेको भन्ने प्रवृत्ति" भएको टिप्पणी गरेका छन्।
केही समय अघि काठमाडौमा भएको जुम्लावासी हरुको जमघट कार्यक्रममा माओवादी सांसद छिरिङले शाहीलाई अन्यको कार्य आफ्नो भन्दै फोटो खिचेर प्रचार गर्न बन्द गर्न सुझाव दिएकी थिइन्।
छिरिङ्ले कार्यक्रममा राप्रपा नेता शाही लाई प्रश्न गरिन् “माननीयज्यू अरुले गरेको काम पनि मैले गरेको भनेर फेसबुकमा प्रचार गर्न अलि अफ्ट्यारो मान्नु हुन्न ? तपाईको व्यवहारले लाज पनि लजाई सक्यो । तपाई कहिले सुध्रिने ?” राजनीतिक दलका नेता कार्यकर्ता मात्र हैन नागरिक समाज र सामाजिक अगुवाहरु पनि आजकाल राप्रपा नेता ज्ञानेन्द्र शाहीको अरुले गरेको काम लाई आफुले गरेको भनि जसलिने प्रवृत्तिले आजित भएका छन् ।
भण्डारीले प्रष्ट पारेका छन् कि विधेयकको प्रारम्भिक मस्यौदामा शाहीलाई समेत सुझावका लागि पठाइएको भए पनि शाहीबाट कुनै प्रतिक्रिया प्राप्त नभएको उल्लेख गरे। उनले भने, "त्यो बेला ज्ञानेन्द्र शाहीले धन्यवाद वाहेक केहि जवाफ फर्काएनन् । धन्यवाद पठाउनुले विधेयकमा केहि अर्थ राख्दैन। के विधेयकमा शाहीको धन्यवाद शब्द राख्नु पर्ने थियो ?"
भण्डारीले शाहीका दाबीलाई केवल आत्मरति र लोकप्रियताको लागि गरिएको अभिव्यक्ति भनेका छन्।
भण्डारीले जनतालाई राजनीतिक झुठहरूमा नफस्न आग्रह गर्दै जुम्ला क्षेत्रको वास्तविक विकास र जनहितको कामका लागि लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आगामी निर्वाचनमा जुम्ली जनताले झुठको विरुद्धमा एकजुट भएर सही निर्णय लिने विश्वास व्यक्त गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस