रविलाई अदालत लग्ने दिन मंगलबार कास्कीमा रास्वपाको सभा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि मंगलबारपोखरामा खबरदारी सभा आयोजना गर्नेभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि मंगलबारपोखरामा खबरदारी सभा आयोजना गर्नेभएको छ। कात्तिक ३गतेदेखि हिरासतमा रहेका सभापति लामिछानेलाई म्याद थप गर्न कास्कीअदालतमा उपस्थित गराइने छ।
रास्वपा सांसद डाक्टर तोसिमा कार्कीले पोखराको जिरो किलो घण्टीबाटसभा थालिने जानकारी दिइन्। उनले भने, “सभापतिलामिछाने हिरासतबाट छुटेको भन्ने भ्रम फैलाइएको छ।उहाँ छुट्नुभएको छैन र भोलिअदालतमा बहस हुनेछ। हाम्रोआन्दोलन व्यक्तिकेन्द्रित होइन, यो रास्वपाको साझाअभियान हो। हामीले सबैलाईसाथ दिन आग्रह गर्छौं।”
तिनले भोलि हुने शान्तिपूर्णखबरदारी सभामा उपस्थित हुन सबैलाई निम्तोदिँदै थपिन, “हामी अनुसन्धानलाई प्रभावितपार्न चाहन्नौँ। कृपया सहभागी हुनुहोस्।” रास्वपा नेताहरूले रविलाई हिरासतमुक्त गरेर अनुसन्धान हुनुपर्नेमाग गरिरहेका छन्। लामिछानेको बयानबुधबार नै सकिए पनिबिदाका कारण म्याद थपगर्न सकेका थिएनन्।



तपाईको प्रतिक्रिया दिनुहोस