सेयर बजारमा आजको दिन भारी गिरावट, कारोबार रकम भने नयाँ रेकर्ड
नेपालको शेयर बजारमा अल टाइम हाइतिर बढ्दै गर्दा विश्वभरको शेयर बजारमा तीव्र गिरावट देखिएको छ।
सेयर बजारमा आजको दिन भारी गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १४५.०५ अंक तथा ५.१८ प्रतिशतको घटाव भएको थियो । आज नेप्से २६५१.३२ अंकमा कायम भए पनि कारोबार रकम भने नयाँ रेकर्ड बनाउदै २३ अर्ब ७१ करोड रुपैयाँ भएको छ। यसअघि गत बुधबार २१ अर्ब ९१ करोडको उच्च रेकर्ड बनेको थियो ।
फाइनान्स समूहका लगानीकर्ताले सबैभन्दा धेरै ८.२७ प्रतिशतको दरले गुमाएका छन्। यस दिनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ दुई कम्पनीको—थ्रीस्टार हाइड्रोपावर र कुथेली ब्रुखरीको । एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २३३ कम्पनीको सेयर मूल्यमा घटेको छ।
नेपालको शेयर बजारमा अल टाइम हाइतिर बढ्दै गर्दा विश्वभरको शेयर बजारमा तीव्र गिरावट देखिएको छ। भारतको सेन्सेक्स २,२२२ अंक (२.७४%) घटेर ७८,७५९ को स्तरमा बन्द भएको थियो, जबकि नेप्से परिसूचक १ महिनाको दौरानमा झन्डै साढे ७ सय अंकले बढेर २८ सयको नजिक छ।



तपाईको प्रतिक्रिया दिनुहोस