कानुनविपरीत काम गर्ने सबै अनुसन्धानको दायरामा आउनुपर्छ : गगन थापा
सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानुनीप्रक्रियाविपरीत कार्य गर्ने सबै व्यक्तिहरूलाई अनुसन्धानकोदायरामा ल्याउनुपर्ने बताएका छन्।
सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानुनीप्रक्रियाविपरीत कार्य गर्ने सबै व्यक्तिहरूलाई अनुसन्धानकोदायरामा ल्याउनुपर्ने बताएका छन्। उनले भने, "कसैप्रति पूर्वाग्रह वा पक्षपाती नगरीकानुनले स्वतन्त्र र निर्भीक रूपमाआफ्नो काम गर्न पाउनुपर्छ," कानुनी शासनको मान्यता स्मरण गर्दै।
कांग्रेसका संस्थापक सदस्य, स्व. गणेशमान सिंहकोजन्म जयन्तीको अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै थापाले फेसबुकमा लेखेका छन्, "सहकारी प्रकरण होस् वा जनप्रतिनिधिमानव तस्करीमा संलग्न हुने प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न व्यक्ति सत्तासँग नजिक होस् वाटाढा, नयाँ होस् वापुरानो, भिडको होस् वा टाकुराको, एक्लो होस् वा शक्तिशाली—कानुन सबैका लागि समान हुनुपर्छ।"
महामन्त्री थापाले गल्ती गर्नेले सजाय भोग्नुपर्ने रसबैले कानुनी दायित्वको भाग लिनुपर्नेमा जोडदिएका छन्। उनले थपे, "कुनै व्यक्तिलाई राज्यले 'सेलेक्टिभ' (चयनात्मक) ढंगले हेर्न पाइँदैन। यो विचार, आबद्धतावा पृष्ठभूमिको आधारमा हुने छनोटको कुराहोइन, यो विधिको कुराहो।"
थापाले आफ्नो लेखमा भनेका छन्, "म यस विचारमाअडिग विश्वास गर्छु। त्यसैले, चाहे त्यो बन्दकोठामा भएको बैठक होस्वा सार्वजनिक स्थानमा, पार्टी सरकारमा होस् वा प्रतिपक्षमा, मेरो यो मान्यता रविश्वास कहिल्यै बदलिँदैन।



तपाईको प्रतिक्रिया दिनुहोस