Techie IT
२०८२ भाद्र ५, बिहीबार

अमेरिकामा मुना पाण्डेको हत्या गर्ने अभियुक्तको फोटो सार्वजनिक


ह्युस्टन, अमेरिका: अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा एक नेपाली युवतीको गोली हानी हत्या भएको घटनाले नेपाली समुदायमा शोक छाएको छ। ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डेलाई गत सोमबार साँझ गोली हानी हत्या गरिएको थियो।

मुनाको हत्यामा संलग्न व्यक्ति पत्ता लगाउन ह्युस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको छ। स्थानीय सञ्चार माध्यमका अनुसार अभियुक्तको पहिचान भने अझै खुल्न सकेको छैन। प्रहरीले घटनाको गहन अनुसन्धान गरिरहेको छ र अभियुक्तलाई पक्राउ गर्न समुदायको सहयोग मागेको छ।

भोजपुरकी स्थायी बासिन्दा मुनाको निधनले नेपाली समुदायमा शोक छाएको छ। उनका साथीहरू, आफन्तहरू र शिक्षकहरूले उनलाई एक मेहनती र प्रतिभाशाली विद्यार्थीको रूपमा सम्झिएका छन्। मुनाको हत्याले अमेरिकामा बसोबास गर्ने नेपालीहरूमा असुरक्षाको भावना पैदा गरेको छ।

नेपाली दूतावासले पनि यस घटनालाई गम्भीरतापूर्वक लिएको छ र पीडित परिवारलाई आवश्यक सहयोग प्रदान गर्ने बताएको छ। प्रहरीले सार्वजनिक गरेको अभियुक्तको फोटो तल !


 

#नेपाल #अमेरिका #ह्युस्टन #मुनापाण्डे



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट