अवैध लागूऔषधसहित आठ जना विभिन्न स्थानबाट पक्राउ

अवैध लागूऔषध राखेको अभियोगमा सुनसरी, कैलाली, र चितवनका विभिन्न स्थानबाट आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सुनसरीको धरान भानुचोकस्थित होटलबाट २.६ ग्राम ब्राउनसुगरसहित धनकुटाका रम्मिर राई र झापाका दिनेश सुर्खेती पक्राउ परेका छन्। त्यस्तै, धरानकै भोटेपुलबाट ६२० मिलिग्राम ब्राउनसुगरसहित चिरन्जीवी राई, असिम राई, र मन्जिल राई पक्राउ परेका हुन्।
कैलालीको टिकापुरमा खैरो हेरोइन १३.१६ ग्रामसहित मुकेश कामर डगौरा र सृजना कुमारी चौधरीलाई पक्राउ गरिएको छ। चितवनको भरतपुरमा २ किलो ३० ग्राम गाँजासहित कमल कुमाल पक्राउ परेका छन्।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस