Techie IT
२०८२ कार्तिक ८, शनिबार

सवारी दुर्घटनामा चारजनाको मृत्यु


आज छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट २७ वर्षीया बिन्दा भुजेल र भरतपुरमा करिब ४० वर्षीया महिलाको मृत्यु भएको छ। दुवैजनाको भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

दोलखाको भिमेश्वरमा ट्याक्टरबाट खसेर १४ वर्षीय युबराज बस्नेतको काठमाडौंको ग्राण्डी अस्पतालमा मृत्यु भएको छ ।

काठमाडौंको कागेश्वरी मनोहरामा मोटरसाइकल र कार ठोक्किँदा ४२ वर्षीय नोर्बे लामाको निधन भयो भने मोटरसाइकलमा सवार अर्का घाइतेको उपचार जारी छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट