Techie IT
२०८३ भाद्र १२, शुक्रबार

सवारी दुर्घटनामा चारजनाको मृत्यु


आज छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट २७ वर्षीया बिन्दा भुजेल र भरतपुरमा करिब ४० वर्षीया महिलाको मृत्यु भएको छ। दुवैजनाको भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

दोलखाको भिमेश्वरमा ट्याक्टरबाट खसेर १४ वर्षीय युबराज बस्नेतको काठमाडौंको ग्राण्डी अस्पतालमा मृत्यु भएको छ ।

काठमाडौंको कागेश्वरी मनोहरामा मोटरसाइकल र कार ठोक्किँदा ४२ वर्षीय नोर्बे लामाको निधन भयो भने मोटरसाइकलमा सवार अर्का घाइतेको उपचार जारी छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट