Techie IT
२०८२ कार्तिक ७, शुक्रबार

चार स्थानमा सवारी दुर्घटना: चार जनाको मृत्यु


देशका विभिन्न स्थानमा सोमबार भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

सल्यानको कालिमाटी गाउँपालिका-१ बाँसखोलास्थित सडकमा से.१ त ५९५१ नम्बरको ट्याक्टर दुर्घटनामा परी चालक २८ वर्षीय अनिल बिकको घटनास्थलमै मृत्यु भएको हो।

बाराको जितपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरास्थित सडकमा ना.३१ प ३९५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ३५ वर्षीय शशिकान्त प्रसाद चौरसियाको मृत्यु भएको छ। घाइते अवस्थाको उपचारका क्रममा परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उनको निधन भएको हो।

दैलेखको नारायण नगरपालिका-८ थालुडाँडास्थित सडकमा लु.१ ख ४००८ नम्बरको मिनी ट्रकको ठक्करबाट पैदलयात्री ४६ वर्षीय अमृता कामीको ज्यान गएको छ। गम्भीर घाइते भएकी उनलाई जिल्ला अस्पताल दैलेखमा पुर्याइए पनि बचाउन नसकिएको जनाइएको छ।

त्यसैगरी, उदयपुरको लिम्चुङबुङ गाउँपालिका-३ तिनचोकेमा बा.१ च ३२६७ नम्बरको गाडी दुर्घटनामा चालक २६ वर्षीय युवराज तामाङको घटनास्थलमै मृत्यु भएको छ। सोही दुर्घटनामा गम्भीर घाइते भएका अन्य पाँचजनाको उपचार भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट