Techie IT
२०८२ भाद्र १०, मंगलबार

अनलाईन ठगी गर्ने कार्यमा संलग्न तीन जना पक्राउ


अनलाईन ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा बिर्तामोड नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-४ महाराजगंज चप्पलकारखाना बस्ने २१ वर्षीय अजित भण्डारी, गोरखा सिरानचोक गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने १९ वर्षीय विपिन मक्राती र नुवाकोट म्यागङ गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने २१ वर्षीया मधु तामाङ रहेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा विभिन्न पेजहरू खोली आइफोन सस्तो मुल्यमा बिक्रीमा रहेको भन्ने झुठ्ठा विज्ञापन पोष्ट गरी निवेदकहरूलाई एडभान्स वापतको रकम समेत पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट