Techie IT
२०८३ जेष्ठ १०, आइतबार

क्राइम रिपोर्ट : आज २ जना मृत फेला, घटनामा संलग्न ३ जना प्रहरी नियन्त्रणमा


काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन् । आज (आइतबार) पर्वतको कुश्मा र पर्सामा एक पुरुष र एक महिला मृत फेला परेको नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

उक्त सचिवालयका अनुसार पर्वत कुश्मा नगरपालिका–१० पिपलटारी रोहोटेमा एक घरको भान्सामा आगलागी भएको छ । आगलागीमा परि ७२ वर्षीया दुर्गा पौडेलको मृत्यु भएको छ । 

आगलागीमै परि ५२ वर्षीय ध्रुव रेग्मी घाइते भएका छन् । उनको उपचारका लागि मणिपाल अस्पताल पोखरा पठाइएको छ । यस घटनाको सम्बन्धमा पर्वत प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

त्यस्तै पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ निचुटा बस्ने ५२ वर्षीय छन्नु पासवान सोही ठाउँस्थित कुलोमा मृत अवस्थामा फेला परेका छन् । यस घटनाको सम्बन्धमा पनि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

त्यस्तैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २५ ग्रामसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सुनसरी देवानगञ्ज गाउँपालिका–२ बस्ने ३० वर्षीय सुन्दर यादव र ३१ वर्षीय विजय यादव रहेका छन् । प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखाबाट खटिएको प्रहरीले काँकडभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको प्र १ ०१ ००१ ख ४५५८ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलाली, गोदावरी नगरपालिका–२ तेघरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय १० मिलिग्रामसहित बैतडी पुर्चौडी नगरपालिका–२ बस्ने ३४ वर्षीय नरेश साउँदलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट