Techie IT
२०८३ असोज ३०, शुक्रबार

तराईमा हुस्सु, हिमाली र पहाडी भूभागमा वर्षा-हिमपातको जोखिम


हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न भूभागमा बदली हुनुका साथै वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार पश्चिमी वायुकै प्रभावका कारण अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नुका साथै लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली भएको छ भने तराईका अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ। 

आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहनेछ। यसैगरी, देशका हिमाली भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। 

आज रातिको समयमा पनि हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने तराईका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरो लाग्नेछ। साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट