चितवनमा युवकलाई मरणासन्न हुने गरी कुटपिट गर्ने असई २४ दिनपछि निलम्बित
काठमाडौं । चितवनमा एक जना युवकलाई मरणासन्न हुने गरी कुटपिट गर्ने असई बुद्धिबहादुर भुजेल निलम्बनमा परेका छन् ।
गत पुस १५ गते राति ११ बजे भरतपुर महानगरपालिका–११ तीनखोले गुम्बानजिकै बाइपास रोडमा असई भुजेलले युवकलाई कुटेका थिए ।
कुटपिट गर्दै गरेको घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि असई भुजेललाई निलम्बित गरेको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए ।
उनी अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत थिए ।
घटनाको अनुसन्धान गर्न डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस