Techie IT
२०८२ वैशाख १८, बिहीबार

ट्रम्प गाजा सम्झौता कायम रहने विषयमा ‘विश्वस्त हुनुहुन्न’


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्नो शपथग्रहणअघि युद्धविरामका लागि गरिएको कूटनीतिको प्रशंसा गर्दै गाजामा युद्धविराम सम्झौता हुने कुरामा आफू विश्वस्त नभएको बताएका छन् ।

“म विश्वस्त छैन”, ह्वाइट हाउस फर्किँदा एक पत्रकारले दुवै पक्षले युद्धविराम कायम राख्ने र सम्झौतामा अघि बढ्ने बारे सोध्दा उनले भने, “यो हाम्रो युद्ध होइन, यो उनीहरूको युद्ध हो । तर म विश्वस्त छैन ।”

तथापि ट्रम्पले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको अभूतपूर्व आक्रमणबाट सुरु भएको युद्धमा हमास ‘कमजोर’ भएको विश्वास गरेको बताए । “मैले गाजाको एउटा तस्विर हेरेँ”, उनले भने, “गाजा एक विशाल विध्वंस स्थल जस्तै छ ।”

सम्पत्ति व्यवसायीबाट लोकप्रिय राजनीतिज्ञ बन्नुभएका ट्रम्पले योजना अघि बढेमा गाजाले एक ‘अद्भुत’ पुनर्निर्माण देख्नसक्ने बताए ।

“यो समुद्र किनारमा रहेको एक अद्भुत स्थान हो – उत्कृष्ट मौसम । तपाईंलाई थाहा छ, सबै कुरा राम्रो छ । यो जस्तो, केही सुन्दर कुराहरू त्यहाँ गर्न सकिन्छ”, उनले भने । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट