Techie IT
२०८३ श्रावण ११, सोमबार

लिपुलेकबारे विवादास्पद अभिव्यक्ति: मेटमणि चौधरीलाई पार्टीको स्पष्टीकरण


नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव मेटमणि चौधरीलाई पार्टीले तीन दिने स्पष्टीकरण सोधेको छ। भदौ २५ गते प्राइम टिभीमा दिएको अन्तरवार्तामा चौधरीले लिपुलेक र कालापानी भारतको दाबीमा पर्ने अभिव्यक्ति दिएका कारण पार्टीले उनलाई लिखित जवाफ दिन भनेको हो।

चौधरीको अभिव्यक्तिले मुलुकको अखण्डता र सार्वभौमिकतामा प्रश्न उठाएको भन्दै, महासचिव घनश्याम भूसालले बिहीबार स्पष्टीकरण पत्र पठाएका छन्। 

पत्रमा नेपालको संविधानले लिपुलेक र कालापानीलाई नेपालको भूभागका रूपमा स्पष्ट रूपमा समेटेको कुरा उल्लेख गर्दै चौधरीलाई सोधिएको छ, “तपाईंले देशको अखण्डताविपरीत यस्तो अभिव्यक्ति किन दिनुभएको हो?” पार्टीले तीन दिनभित्र चौधरीबाट लिखित जवाफको अपेक्षा राखेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट