Techie IT
२०८२ चैत्र ३, मंगलबार

अखिल भारत नेपाली एकता मञ्चको नवौं सम्मेलन २०२५ अप्रिलमा पंजाबमा हुने


Photo: Minesh Rawal

४६ वर्षको गौरवशाली इतिहास बोकेको प्रवासी नेपालीहरूको अभिभावक सङ्गठन अखिल भारत नेपाली एकता मञ्चले आगामी अप्रिल २०२५ मा नवौं सम्मेलन पंजाबमा गर्ने निर्णय गरेको छ। मध्य प्रदेशको राजधानी भोपालमा १४–१५ सेप्टेम्बर २०२४ मा आयोजित 'भेला तथा प्रशिक्षण' कार्यक्रममा यो घोषणा गरिएको हो।

कार्यक्रममा अखिल भारत नेपाली एकता मञ्चका अध्यक्ष राजेन्द्र शर्माको अध्यक्षतामा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङ, विशिष्ट अतिथि लक्ष्मण पन्त, ईश्वरी भण्डारी, तथा विभिन्न सङ्गठनका प्रमुख व्यक्तिहरूको उपस्थिति थियो। कार्यक्रममा नेपालका गणतान्त्रिक आन्दोलनमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

सांस्कृतिक महोत्सवमा जनवादी कलाकार झन्कार बुढा मगर र विभिन्न राज्य समितिबाट रोचक सांस्कृतिक प्रस्तुति गरिएको थियो। साथै, विभिन्न पार्टी परित्याग गरी सयौं व्यक्ति अखिल भारत नेपाली एकता मञ्चमा प्रवेश गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट