Techie IT
२०८३ श्रावण ११, सोमबार

सांसद गोकुल बास्कोटाको दाबी : चितवनमा उपनिर्वाचनको सम्भावना छ


नेकपा एमालेका सांसद गोकुल बास्कोटाले चितवनमा चाँडै उपनिर्वाचन हुनसक्ने सम्भावना औंल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनले कारबाहीका लागि सिफारिस गरेपछि बास्कोटाले यस्तो दाबी गरेका हुन्।

लामिछाने चितवन क्षेत्र नम्बर २ बाट दुईपटक निर्वाचित भएका सांसद हुन्। नागरिकता विवादका कारण सांसद पद खारेज भएपछि भएको उपनिर्वाचनमा पुनः विजयी भएका लामिछाने विरुद्ध समितिको प्रतिवेदनले कानुनी प्रक्रिया अघि बढाउन सिफारिस गरेको छ।

सांसद बास्कोटाले कानुनी तर्क वा राजनीतिक सम्झौता बाजी नभए चितवनमा हिउँदमा नै उपनिर्वाचनको सम्भावना रहेको बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट