Techie IT
२०८३ श्रावण ११, सोमबार

"संविधानको रक्षा आवश्यक, प्रदेशलाई पूर्ण अधिकार दिनुपर्छ" : डा. सीके राउत


जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मुलुकले संविधानमार्फत प्राप्त गरेको गणतन्त्र, संघीयता, समानुपातिक समावेशीता लगायतका उपलब्धिहरूको रक्षा गर्नुपर्नेमा जोड दिएका छन्। शुक्रबार जनकपुरधाममा आयोजित पार्टीका कार्यकर्ताको प्रशिक्षण तथा शुभकामना कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारलाई पूर्ण अधिकार दिनुपर्ने र प्रदेशहरूको सिमाङ्कनलाई पुनःसमीक्षा गर्न आवश्यक रहेको बताए।

डा. राउतले संविधान संशोधनको आवश्यकता औंल्याउँदै नागरिकका थप अधिकारहरू समेट्नुपर्नेमा पनि जोड दिए। उनका अनुसार, मुलुकको राजनीतिक स्थिरता र लोकतान्त्रिक प्रणालीलाई सबल बनाउन संविधानलाई परिमार्जन गर्नु महत्त्वपूर्ण छ।

कार्यक्रममा जनमत पार्टीका संगठन विभाग प्रमुख डा. जयकान्त राउत, राष्ट्रिय उपाध्यक्ष एवं मधेस प्रदेशसभा सदस्य ई. वसन्त कुशवाहा, प्रतिनिधिसभा सदस्य अनिता देवी साह, र कार्यकारिणी सदस्य शम्भुनाथ साहलगायतले पार्टी संगठनलाई थप मजबुत बनाउनुपर्ने आवश्यकतामाथि प्रकाश पारे।

पार्टी नेतृत्वले संघीयतालाई सुदृढ बनाउँदै प्रदेशहरूलाई थप अधिकार र साधन-स्रोत उपलब्ध गराउने तर्फ ध्यान दिनुपर्ने बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट