सदन अवरोध जारी राख्ने अध्यक्ष प्रचण्डको चेतावनी
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सदन अवरोधलाई जारी राख्ने बताएका छन्। शनिबार पेरिसडाँडामा आयोजित शहीद प्रतिष्ठान नेपालको १५ औं वार्षिक साधारणसभामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान र शान्ति सम्झौताको मर्म विपरीत गतिविधि संसदमा प्रस्तुत भएकाले अवरोधलाई निरन्तरता दिने स्पष्ट पारे।
उनले संसदमा हत्या र हिंसाका अभिव्यक्तिहरू आउनु संविधान र शान्ति सम्झौताविरुद्ध भएको बताए। 'हामी सदनमा अवरोधको स्थितिमा छौं र त्यहाँबाट आक्रमण गरिरहेका छौं। यो संघर्ष हामी छोड्दैनौं,' उनले भने। साथै, उनले प्रतिनिधिसभामा नहुनेहरूलाई सडकबाट विरोध गर्न आह्वान गरे।
यद्यपि, संघीय संसदको चालु अधिवेशन भने अन्त्य भइसकेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस