Techie IT
२०८२ जेष्ठ १४, बुधबार

‘सीमावर्ती क्षेत्रमा हुने व्यावसायिक गतिविधि व्यवस्थित ढङ्गले अघि बढाउनुपर्छ’

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल–भारत सीमावर्ती व्यापारको आधार सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्धमा आधारित


मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल–भारत सीमावर्ती व्यापारको आधार सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्धमा आधारित रहेको बताउनुभएको छ । 

आज जनकपुरधाममा भारतको विहारस्थित जयनगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रीतम बलोरियाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले सीमावर्ती क्षेत्रमा हुने व्यावसायिक गतिविधि व्यवस्थित, मर्यादित र सन्तुलित ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिनुभयो । 

मुख्यमन्त्री सिंहले बिहेबारी, व्रतबन्ध, श्राद्धकर्मजस्ता सामाजिक व्यवहारका लागि सीमापारिका बजारमा नेपालीहरूले किनमेल गर्ने परम्परा रहिआएकाले यसलाई दुवै देशको हितमा अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले कालोबजारी नियन्त्रणका लागि सीमावर्ती भारतीय क्षेत्रका व्यापारीहरूलाई सहयोगका लागि आग्रह गर्नुभयो । 

जयनगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बलोरियाले भारतबाट दैनिक उपभोग्य तथा विभिन्न सांस्कृतिक व्यवहारका लागि आउने सामानमा नेपाली सुरक्षा निकायबाट हुने गरेको अवरोधमा सहजीकरणका लागि आग्रह गर्नुभएको थियो । ---



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट