नेकपा एमालेले आज काठमाडौंमा कार्यक्रम गर्ने
नेकपा एमालेले आज काठमाडौंमा कार्यक्रम गर्ने भएको छ। एमालेको नेशनल भोलिन्टियर फोर्स ले बिहान ११ बजे कार्की बैंक्वेटमा कार्यक्रम आयोजना गर्न लागेको हो। फोर्सका अनुसार सहभागीहरू बबरमहलमा भेला भएर माइतीघर हुँदै पुनः बबरमहल र त्यसपछि बानेश्वरतर्फ जानेछन्।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहनेछन्। एमालेले उक्त कार्यक्रमबारे जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई औपचारिक जानकारी गराइसकेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कार्यक्रमका लागि निवेदन प्राप्त भए पनि यसबारे निर्णय प्रक्रिया जारी रहेको बताए।
त्यसैगरी, भोलि शनिबार प्रदर्शनीमार्गमा एमाले बागमती प्रदेश कमिटीले अर्को कार्यक्रम आयोजना गर्ने भएको छ। सो दिन शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभाको कार्यक्रम राखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस