Techie IT
२०८३ मंसिर ७, आइतबार

सरकार एक वर्ष पनि नटिक्ने नेता बस्नेतको दाबी


नेकपा (एमाले) का सचिव महेश बस्नेतले वर्तमान सरकार एक वर्ष पनि नटिक्ने दाबी गरेका छन् । एमालेको जनवर्गीय सङ्गठन नेसनल भोलेन्टियर्स सङ्घको स्थापना दिवसका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारलाई 'वर्षायाममा उम्रिएको चुच्चे च्याउ' को संज्ञा दिएका छन् ।

वर्षायामको च्याउ घाम लागेपछि आफैँ मरेर जाने उल्लेख गर्दै सचिव बस्नेतले वर्तमान सरकारको आयु पनि लामो नरहेको जिकिर गरे। उनले सरकारले सुकुम्वासीलाई दिएको आश्वासन पूरा नगरी उल्टै घर भत्काएर वर्षायाममा सडकमा बस्न बाध्य पारेको आरोप लगाएका छन् । सरकारको यही रवैयाका कारण जनआक्रोश बढिरहेको भन्दै उहाँले बङ्गलादेशको पछिल्लो आन्दोलनको प्रसङ्ग जोड्दै सुकुम्वासी, गरिब तथा युवाका माग सम्बोधन नभए नेपालमा पनि त्यस्तै विद्रोह हुन सक्ने चेतावनी दिएका छन् ।

यस्तै, सचिव बस्नेतले प्रधानमन्त्री राहत कोषमा १७ अर्ब रुपैयाँ जम्मा हुँदा पनि सरकारले भोटेकोसीका बाढीपीडितलाई राहत दिन नसकेको भन्दै आलोचना गरेका थिए । बाढीपीडितहरू खान नपाएर भोकै बस्नुपरेको उनको भनाइ थियो।

उनले वैदेशिक शक्तिले 'एमालेबिनाको देश' बनाउन खोजेको आरोप लगाउँदै एमालेबिनाको देश र केपी शर्मा ओलीबिनाको एमाले कसैले कल्पनासमेत गर्न नसक्ने बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट