Techie IT
२०८२ मंसिर ७, आइतबार

प्रधानमन्त्री कार्कीले क्यासेट काण्ड के हो भनेर स्पष्टिकरण दिनुपर्छ - अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार राजधानीमा आयोजित कार्यक्रममा सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका थिए।

सरकारको आलोचनामा केन्द्रित भएका ओलीले आफ्ना कटु आलोचकका रूपमा चिनिएका ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंको पक्षमा उभिँदै सरकारमाथि अन्यायपूर्ण रूपमा प्रसाईंलाई पक्राउ गरिएको आरोप लगाएका छन्। केही दिनअघि पक्राउ परेका प्रसाईंलाई ‘प्रधानमन्त्री कार्की जोडिएको क्यासेट सार्वजनिक गरेको कारणमात्रै’ गिरफ्तार गरिएको ओलीको दाबी थियो।

ओलीले प्रधानमन्त्री सुशीला कार्कीले नेताहरूमाथि गरेको अभिव्यक्ति सुनिएको भनिएको क्यासेटबारे तत्कालै जनता समक्ष स्पष्टीकरण दिनुपर्ने माग पनि दोहोर्याएका छन्। उनले भने, “दुर्गा प्रसाईंको अरू के हो म जान्दिनँ, तर उनले सार्वजनिक गरेको क्यासेटबारे सरकारले नेपाली जनतालाई बताउनैपर्छ। प्रधानमन्त्रीले त्यो क्यासेट के हो भनेर स्पष्ट गर्नुपर्छ।” 

उनका अनुसार जेन-जी आन्दोलनकै संवेदनशील समयमा हेलिकप्टर उडिरहेकै बेला सार्वजनिक क्यासेटमा ‘प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति’ सुनिनु गम्भीर विषय हो।

ओलीले थप आरोप लगाउँदै भने, “सेनाले नेताहरूलाई किन बचायो भन्ने आवाज पूर्वप्रधानन्यायाधीश तथा अहिले असंवैधानिक ठहरिएकी प्रधानमन्त्रीकै जस्तो सुनिन्छ।” उनका अनुसार यही क्यासेट बाहिर ल्याएको निहुँमा प्रसाईंलाई पक्राउ गरिएको हो।ओलीले भने, “मान्छे गिरफ्तार गर्नु समाधान होइन, क्यासेटको छिनोफानो हुनुपर्छ।”

त्यस अवसरमा उनले कार्की नेतृत्वको वर्तमान सरकारको संवैधानिकता अदालतले परीक्षण गर्नुपर्ने भन्दै कुनै हालतमा यो सरकारलाई वैध भन्न नसकिने जिकिर गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट