Techie IT
२०८३ जेष्ठ ४, सोमबार

नयाँ तीन राजनीतिक दल एकीकृत हुदैँ


Photo AI Generated

कुलमान घिसिङसँग नजिक रहेको भनिएको उज्यालो नेपाल पार्टीसहित तीन राजनीतिक दल एकीकृत हुने तयारीमा जुटेका छन्।

उज्यालो नेपाल, नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपालबीच एकता गर्ने उद्देश्यले लगातार छलफल भइरहेको छ। नागरिक उन्मुक्ति पार्टीका नेता तथा लुम्बिनी प्रदेश संसदीय दलका नेता धर्मबहादुर चौधरीका अनुसार तीन दलबीच एकताको गृहकार्य अन्तिम चरणमा पुगेको छ। उनले मंगलबार कुलमान घिसिङसहितको बैठकमा पनि एकताबारे विस्तृत छलफल भएको जानकारी दिए।

‘हामी एकताको निकै नजिक छौँ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मर्ज भएर एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्नेगरी तयारी अघि बढेको छ,’ चौधरीले बताए। उनका अनुसार बाँकी केही प्राविधिक पक्ष मिलाएपछि छिट्टै एकता घोषणा हुने अपेक्षा छ।

हाल नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी छन् भने हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार हुन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट