Techie IT
२०८३ जेष्ठ ३, आइतबार

निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्री कार्की सक्रिय, रास्वपा र राप्रपा नेताहरूसँग छलफल


प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन का सन्दर्भमा प्रमुख राजनीतिक दलका नेताहरूसँग छलफललाई तीव्र पारेकी छन्। यसै क्रममा आज शनिबार उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग भेटवार्ता गरेकी छन्।

छलफलका लागि रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, तथा नेताहरू शिशिर खनाल र सोबिता गौतम बालुवाटार पुगेका थिए।

भेटमा प्रधानमन्त्री कार्कीले सरकार निर्धारित मितिमै भयरहित, निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउन प्रतिबद्ध रहेको कुरा रास्वपाका नेताहरूलाई जानकारी गराएकी थिइन्।

जवाफमा रास्वपा नेताहरूले पनि आफूहरू निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुने र त्यसका लागि सरकारलाई आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाएको सहभागि एक नेताले जानकारी दिएका छन् ।

प्रधानमन्त्री कार्कीले पछिल्लो समय निर्वाचनको वातावरण बनाउनका लागि सबै प्रमुख दलका नेताहरूसँग क्रमशः छलफल गरिरहेकी छन्। उनले शनिबार नै अर्को प्रमुख दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूलाई पनि छलफलका लागि बालुवाटार बोलाएकी छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट