Techie IT
२०८२ मंसिर २१, आइतबार

बागमती–टुकुचा नदी सफाइमा सरकार सक्रिय, प्रशोधन प्लान्ट निर्माण अघि बढ्दै


उर्जामन्त्री कुलमान घिसिङले काठमाडौँ उपत्यकाभित्रका बागमती, विष्णुमती, धोबीखोला, टुकुचा, गुह्येश्वरीलगायत प्रमुख नदीहरू सफा गर्ने लक्ष्यसहित फोहर पानी प्रशोधन (वाटर ट्रीटमेन्ट) प्लान्ट निर्माण कार्य अघि बढिरहेको बताएका छन्। 

थापाथलिस्थित बागमती करिडोरमा निर्माणाधीन प्रशोधन प्लान्टको आज निरीक्षण गर्दै उनले सरकारले उपत्यकाका सबै नदीहरूलाई सफा बनाउन आवश्यक पूर्वाधार निर्माणमा प्राथमिकता दिएको बताए।

मन्त्री घिसिङका अनुसार यो परियोजना एसियाली विकास बैंक (एडिबी)को सहयोगमा सञ्चालन भइरहेको भए पनि नदी किनारका रुख कटानी तथा स्थान तयारीमा समय लागेकाले प्रगति केही ढिलो भएको हो। उनले गुह्येश्वरी क्षेत्रमा एक प्लान्ट निर्माण भइसकेको र अन्य स्थानमा पनि प्लान्ट निर्माण कार्य जारी रहेको जानकारी दिए।

उनका अनुसार ललितपुर क्षेत्रमा निर्माण हुन लागेको प्रशोधन प्लान्ट स्थानीयवासीको विरोधका कारण रोकिएको छ ।
“काठमाडौँपट्टि निर्माण भइरहेको संरचना छिट्टै सम्पन्न हुने देखिन्छ, तर ललितपुरतर्फ काम रोकिँदा परियोजनामा केही असर परेको छ। यो समस्या समाधानका लागि निरन्तर छलफल भइरहेको छ,” मन्त्री घिसिङले भने।

मन्त्रीका अनुसार उपत्यकाका सबै नदी सफा गर्नका लागि दैनिक करिब ६०० एमएलडी क्षमताको प्रशोधन प्लान्ट आवश्यक पर्ने भए पनि अहिले निर्माणाधीन प्लान्टहरू मिलेर झन्डै २० प्रतिशत क्षमतामात्र पुगेको छ। एडिबीको रु ३ अर्ब १८ करोड लगानीमा प्रशोधन प्लान्ट निर्माण कार्य तीव्र गतिमा भइरहेको मन्त्री घिसिङले बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट