Techie IT
२०८३ जेष्ठ ३, आइतबार

शिक्षा मन्त्री महावीर पुनको उट्पट्याङ स्टाटस


राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा वर्तमान शिक्षा मन्त्री महावीर पुनले सामाजिक सञ्जाल फेसबुकमा बेलाबेलामा गर्ने टिप्पणीहरूले पुनः एकपटक चर्चा पाएका छन्। प्रायः सामाजिक तथा प्राविधिक विषयमा आफ्ना धारणा राख्ने मन्त्री पुनले यसपटक भने नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्माणाधीन निजी निवासको विषयमा कटाक्ष गरेका छन्।

आइतबार बिहानै मन्त्री पुनले ओलीको भनिएको घरको एक नक्सा आफ्नो फेसबुक स्ट्याटसमा राख्दै नक्सा तयार गर्ने इन्जिनियरमाथि कारबाहीको माग गरेका छन्।

पदीय मर्यादाको प्रश्न
आविष्कारक केन्द्रको नेतृत्वबाट जेनजी विधंवसबाट शिक्षा मन्त्री बनेका पुनलाई मुलुकले आशाको नजरले हेर्ने गरेको छ। तर, शिक्षा मन्त्री जस्तो गरिमामय पदमा रहँदा पनि उनी बेलाबेला असान्दर्भिक र कटाक्षपूर्ण टिप्पणी गरेर 'पदमा रहेर पनि पुरानै बानी' लाई निरन्तरता दिइरहेको भन्दै उनको परिपक्वताको प्रश्न उठ्ने गरेको छ।

मन्त्री पुनले आफ्नो स्ट्याटसमा लेखेका छन्, “यो नक्सा डिजाइन गर्ने इञ्जिनियरलाई सख्त कारबाही गर्नु पर्छ। अनि घोर बेइजती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो माग छ।”

उनी यतिमै नरोकिई आफूलाई थप हल्का रूपमा प्रस्तुत गर्दै लेख्छन्, “हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याऊ भनेपछि यत्रो ठूलो दरवारको नक्सा बनाइदिनुहुन्छ त उसले। कहाँसम्मको लापरवाही हो यो ? एकछिन रमाइलो।”

मन्त्री पुनको यो टिप्पणीलाई कतिपयले सार्वजनिक पदमा बसेको व्यक्तिले राजनीतिक प्रतिपक्षीको निजी जीवनशैलीमाथि व्यङ्ग्य गर्नु पदीय मर्यादा अनुकूल नभएको रूपमा व्याख्या गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट