Techie IT
२०८३ जेष्ठ ३, आइतबार

एमाले महाधिवेशनमा युवा संघले ५० हजार युवा उतार्ने


नेकपा (एमाले) को आगामी ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा पार्टीको भातृ संगठन युवा संघ नेपालले कम्तीमा ५० हजार युवाको सहभागिता जुटाउने घोषणा गरेको छ। महाधिवेशनको उद्घाटन सत्रमा उल्लेख्य जनशक्ति उतारेर शक्ति प्रदर्शन गर्ने तयारीका साथ युवा संघले व्यापक परिचालन अभियान सुरु गरेको छ।

युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेका अनुसार मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन सभामा युवाहरूको सहभागिता अनिवार्य गर्नका लागि संघले वडा, जिल्ला, पालिका र प्रदेश कमिटीहरूलाई सक्रिय रूपमा परिचालन गरेको छ।

अध्यक्ष थेबेले युवा परिचालनको योजनाबारे विस्तृत जानकारी दिँदै "टाउको गनेरै ५० हजार युवा कार्यक्रम स्थलमा उतार्ने" बताएका छन्।

थेबेका अनुसार काठमाडौँ र ललितपुरका ६१ वडाबाट १ हजारका दरले ६१ हजार, उपत्यकाका अन्य १९ वटा पालिकाबाट १ हजारका दरले १९ हजार, उपत्यकाबाहेक बागमतीका १० वटा जिल्लाबाट १ हजार ५०० सयका दरले १५ हजार युवा जुटाउने युवा संघको तयारी छ । यसैगरी, महाधिवेशनमा कोशी प्रदेशबाट ४ हजार, मधेशबाट ४ हजार, गण्डकी ३ हजार, लुम्बिनीबाट २ हजार, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ५ सयका दरले १ हजार युवा जुटाउने युवा संघले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट