Techie IT
२०८२ मंसिर २४, बुधबार

प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचनमा ९३ दलको सहभागिता रहने


२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ प्रतिस्पर्धा गर्न १०० राजनीतिक दलमध्ये ९३ वटा दलले निवेदन दिएका छन्।

आयोगका अनुसार ८८ दलले एकल रूपमा तथा १२ दलले विभिन्न पाँच अलग–अलग समूहमार्फत भाग लिन निवेदन दिएका छन्।

निर्वाचन आयोगले समानुपातिक प्रणालीमा सहभागी हुन इच्छुक दलहरूलाई २१–२३ मंसिरसम्म तीन दिने अवधिकामा निवेदन पेश गर्न आह्वान गरेको थियो। उक्त अवधिमा ९३ वटा निवेदन प्राप्त भएको आयोगकी सहायक प्रवक्ता सीता पुनले जानकारी दिइन्।

यसअघि प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि १–१४ मंसिरमध्ये दल दर्ताका लागि ११४ दलबाट १०७ निवेदन परेका थिए। आयोगले ती १०७ दललाई निर्वाचन चिह्न वितरण गरिसकेको छ। यही दर्ता भएकामध्येबाट समानुपातिक निर्वाचनतर्फ ९३ दलले निवेदन दिएको पुनले बताइन्।

यसअघि दर्ता भए पनि समानुपातिक निर्वाचनमा सहभागिता नजनाएका १४ राजनीतिक दल रहेका आयोगले जनाएको छ। प्राप्त निवेदनहरूको छानबिनपछि समानुपातिक प्रणालीतर्फ प्रतिस्पर्धा गर्ने दलहरूको अन्तिम नामावली आयोगले सार्वजनिक गर्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट