Techie IT
२०८३ जेष्ठ ३, आइतबार

ओलीद्वारा शनिबार ११औँ महाधिवेशन उद्घाटन हुँदै, सचिवालयको नयाँ मोडेल अपनाइयो


नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आगामी शनिबार बिहान ११ बजे भक्तपुरको सल्लाघारीमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन्। शुक्रबार बसेको ६१औँ सचिवालय बैठकले महाधिवेशन व्यवस्थापन सम्बन्धी आवश्यक निर्णय गर्दै तयारीलाई अन्तिम रूप दिएको हो।

यसपटक एमालेले नयाँ अभ्यास अपनाउँदै महाधिवेशनको आयोजक समिति केन्द्रीय सचिवालय नै रहने निर्णय गरेको छ। महाधिवेशनमा पेश गरिने प्रस्तावहरू तयार गर्न उपमहासचिव प्रदीप ज्ञवालीको संयोजकत्वमा एक समिति गठन गरिएको छ भने निर्णय माइन्युट तयार गर्न उपमहासचिव पृथ्वी सुब्बा गुरुङको नेतृत्वमा माइन्युटिङ कमिटी बनाइएको छ।

सचिवालय बैठकले महाधिवेशनका लागि १०८ जना मनोनीत प्रतिनिधि समेत मनोनयन गरेको छ। यससँगै कुल २,२६१ जना प्रतिनिधि ११औँ महाधिवेशनमा सहभागी हुने भएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट