एमालेको नयाँ नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान हुदैँ
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान हुने भएको छ। पार्टी केन्द्रीय निर्वाचन आयोगले मतदान आज साँझ ७ बजेबाट सुरु हुने जानकारी दिएको छ।
निर्वाचन आयोगका अनुसार मतदान भोलि (पुस २) बिहान १ बजेसम्म सञ्चालन हुनेछ।
यसअघि आज बिहान १२ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका तय भए पनि निर्वाचन कार्यतालिका संशोधन गर्दै साँझ ७ बजेबाट मतदान गर्ने निर्णय गरिएको हो।
पार्टी नेतृत्वले आजै मतदान प्रक्रिया सम्पन्न गरी रातभरमै निर्वाचनका सम्पूर्ण कार्यक्रम टुंग्याउने तयारी गरेको जनाएको छ।
स्थायी कमिटी सदस्य बिनोद श्रेष्ठका अनुसार, भृकुटीमण्डप बन्दसत्रका लागि आजसम्म मात्र भाडामा लिइएको भएकाले पनि मतदान आजै सक्ने गरी तयारी गरिएको हो।




तपाईको प्रतिक्रिया दिनुहोस