Techie IT
२०८२ पौष १, मंगलबार

मतदानअघि नै ओली समूह प्यानलको लिस्ट वितरण गर्दै


नेकपा एमालेको जारी एघारौँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि केहीबेरमै मतदान सुरु हुँदैछ।

मतदान अघि अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहले आफ्ना निकट नेताहरूलाई प्राथमिकतामा राख्दै प्यानलको सूची वितरण गर्न थालेको छ। सूचीमा ओली निकटका अनुहारहरू दोहोरिन थालेपछि पार्टीभित्र ‘एकपक्षीय निर्णय’ भएको आरोप उठ्न थालेको छ।

सूची वितरणसँगै एमालेभित्र गुटगत ध्रुवीकरण थप स्पष्ट देखिएको छ। एघारौँ महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ। 

उपाध्यक्ष पदमा अरुण नेपाल, गुरु बराल, गोकर्णराज विष्ट, टंक कार्की, परशुरामेघी गुरुङ, पृथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’, डा. बिन्दा पाण्डे र विष्णुप्रसाद पौडेल उम्मेदवार रहेका छन्।

महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेबीच प्रतिस्पर्धा छ।

तीन उपमहासचिव पदका लागि आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णुप्रसाद रिमाल र वैजनाथ चौधरी उम्मेदवार बनेका छन्।

नौ सचिव पदका लागि २० जनाको उम्मेदवारी परेको छ। तीमध्ये अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुरप्रसाद गैरे, पद्मा कुमारी अर्याल, पुरुषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोदप्रसाद ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट