Techie IT
२०८३ असार २४, बुधबार

जसपा नेपालले प्रदेशस्तरीय विरोध सभा गर्दै


जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोध सभा आयोजना गर्ने भएको छ। २८ बुँदे मुख्य माग तथा राष्ट्रिय मुद्दा उठाउँदै विभिन्न चरणका सङ्घर्षका कार्यक्रम सञ्चालन गर्दै आएको जसपा नेपालले आगामी शनिबारदेखि प्रदेशस्तरीय विरोध सभा सुरु गर्न लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।

बस्नेतका अनुसार कार्यक्रमअन्तर्गत पुस १२ गते विराटनगरमा, पुस १४ गते मधेस प्रदेशको जनकपुरमा, पुस १५ गते वीरगन्जमा र पुस १७ गते लुम्बिनी प्रदेशको भैरहवामा विरोध सभा आयोजना गरिनेछ।

उनका अनुसार यसअघि सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम तथा पार्टीका प्रदेश समिति अधिवेशनसमेत सम्पन्न भइसकेका छन्।

सङ्घर्षका कार्यक्रमअन्तर्गत जसपा नेपालले संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर तथा बजारमा विरोध कार्यक्रम र कोणसभा सञ्चालन गरेको थियो। साथै पार्टीले उठाएका माग र मुद्दाहरू अङ्कित प्लेकार्ड र ब्यानरसहित जिल्ला सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयअगाडि शान्तिपूर्ण धर्ना तथा जिल्लास्तरीय विरोध सभा तथा जनसभा पनि आयोजना गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट