Techie IT
२०८२ पौष ११, शुक्रबार

स्वतन्त्र चुनाव भए एमालेको बहुमत आउने पक्का : अध्यक्ष ओली


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले अनुकूल वातावरण बनाए पार्टी निर्वाचनमा जान तयार रहेको बताएका छन्। उनले स्वतन्त्र, निष्पक्ष र भयरहित चुनाव नै एमालेको स्पष्ट चाहना रहेको उल्लेख गरे।

पार्टीको ११औँ महाधिवेशनका स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गर्न बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो धारणा व्यक्त गरेका हुन्।

‘हामी जस्तो परिस्थिति आउँछ, त्यसैअनुसार अघि बढ्छौँ,’ ओलीले भने-‘यदि सरकारले निर्वाचनको वातावरण बनायो भने हामी चुनावमा सहभागी हुन्छौँ, बहुमत ल्याउँछौँ र चुनाव जित्छौँ। हामी त स्वतन्त्र, निष्पक्ष र धाँदलीरहित निर्वाचनको प्रतीक्षामा छौँ, तर यो सरकारमा त्यो जिम्मेवारीबोध देखिँदैन।’

उनले वर्तमान सरकारले निर्वाचनको वातावरण निर्माणप्रति गम्भीरता नदेखाएको टिप्पणी पनि गरेका थिए । एमाले परिस्थितिअनुसार आफ्ना राजनीतिक कदम तय गर्दै जाने ओलीको भनाइ थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट