Techie IT
२०८२ पौष ११, शुक्रबार

प्रधानमन्त्री कार्कीद्वारा प्रमुख तीन दलका शीर्ष नेताको संयुक्त बैठक आह्वान


प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरूको संयुक्त बैठक आह्वान गरेकी छन्।

प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूलाई सहभागी गराउने गरि संयुक्त बैठक बोलाएकी हुन्। बैठक शनिबारका लागि तय गरिएको छ।

आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी र त्यससम्बन्धी समन्वयका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र मध्याह्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी बैठकको निम्तो दिएका छन्। मन्त्री खरेलले आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि भेटेर औपचारिक निम्तो दिने कार्यक्रम रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट