Techie IT
२०८२ पौष १३, आइतबार

एमाले सचिवालय बैठक आज, समानुपातिक उम्मेदवारको अन्तिम सूची टुंग्याइँदै


नेकपा एमालेले ११औँ महाधिवेशनपछि पहिलोपटक पार्टीको सचिवालय बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार समानुपातिकतर्फका उम्मेदवारको अन्तिम सूची टुंग्याउने मुख्य एजेन्डासहित बैठक आह्वान गरिएको हो । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

एक पदाधिकारीका अनुसार बैठकमा कार्यालय व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शीर्ष तीन दलका नेताहरूसँग गरेको पछिल्लो छलफलको विषयमा पनि जानकारी गराइने कार्यसूची रहेको छ ।

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची भोलिसम्म बुझाउनुपर्ने अन्तिम मिति तोकेको छ ।

जिल्ला र प्रदेश तहबाट आएका समानुपातिक उम्मेदवारीका आकांक्षीहरूको नाम संकलन गरी पार्टी अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले प्रारम्भिक सर्टलिस्ट तयार पारेका छन् ।

बैठक र स्पष्ट मापदण्डविना उम्मेदवार सूची तयार गरिएको भन्दै पार्टीभित्र असन्तुष्टि बढेपछि सचिवालय बैठक बोलाउन दबाब सिर्जना भएको बताइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट